विजय गच्छदारको फोरम ४ दलीय मोर्चाबाट बाहिरिँदै

132
  •  
  •  
  •  

bijayaकाठमाडौ, ४ भदौ(ओएनएस) : विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक) ७ प्रदेश बनाउने विषयप्रति असहमति जनाउँदै ४ दलीय मोर्चाबाट अलगिने भएको छ ।

कांग्रेस, एमाले, एमाओवादीसँगै संविधान निर्माणमा लागिपरेको पार्टी ७ प्रदेश बनाउने प्रस्ताव गरिएपछि मोर्चाबाट अलगिने भएको हो ।

आफ्ना मागहरू सम्बोधन नभएपछि मोर्चामा बसिरहनुको कुनै औचित्य नभएको भन्दै मोर्चाबाट अलग्गिने निर्णय गरेको हो । उनीहरूले आज अपरान्ह ४ बजे पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गर्ने तयारी गरेका छन् ।

पार्टीले उठाउँदै आएको पूर्वका झापा, मोरङ र सुनसरी तथा पश्चिमका कैलाली र कञ्चनपुरलाई पहाडबाट छुट्याउनुपर्ने मागलाई ३ दलले वेवास्ता गरेपछि फोरमले गठबन्धन तोड्ने निर्णय गरेको हो ।

गच्छदारले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न साढे ४ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन बोलाएका छन् ।


  •  
  •  
  •