वर्षा अगाडि सकिन्छ पुनःनिर्माण : मन्त्री गच्छदार

405
  •  
  •  
  •  

चितवन, १७ चैत(ओएनएस) : उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले पुनःनिर्माणको काम वर्षा अगावै सम्पन्न गरिने बताएका छन् ।

आज भरतपुरमा पत्रकारहरूसँगको कुराकानीका क्रममा उनले वर्षा सुरू हुनु अगावै भूकम्पप्रभावित जनतालाई घर निर्माणको काम सक्नका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै यसका लागि काम तिव्र रूपले उल्लेख गरे । उनले कार्ययोजना तयार गर्न ढिलाइ भएकाले पुनःनिर्माणका कार्य ढिला भएको स्पष्ट पारे ।

उपप्रधानमन्त्री गच्छदारले सरकारको मुख्य प्राथमिकता विकास निर्माण भएकाले पुनःनिर्माणको कामसँगै विकास निर्माणको काम पनि अघि बढ्ने बताए ।

वार्ताबाट नै मधेसको मुद्धा समाधान गर्न सकिने भन्दै यसका लागि सम्वाद र वार्तामार्फत अगाडि बढ्ने बताए । साथै, समस्याको समाधान गर्नका लागि संविधान संशोधन पनि गर्न सकिने उनको भनाई थियो ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीन भ्रमणको प्रसंग कोट्याउँदै दुवै देशको भ्रमण नेपालका लागि फलदायी रहेको बताएका छन् । उनले भारत भ्रमणले दुई देशबीच चिसिएको सम्बन्ध सुधार भएको र चीन भ्रमणले उर्जा संकटबाट देशलाई छुटकारा दिनका लागि सहज वातावरण तयार भएको बताएका छन् ।


  •  
  •  
  •