३ घाटमा पानी खाइरहेकालाई एकै ठाऊँमा ल्याए : गच्छदार

401
  •  
  •  
  •  

bijayaकाठमाडौ, २२ भदौ(ओएनएस) : मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले कांग्रेस, एमाले र एमाओवादीलाई एकै ठाऊँमा ल्याउने काम आफूले गरेको बताएका छन् ।

सिंहदरबारमा सभामुख सुवासचन्द्र नेम्बाङलाई आफ्नो पार्टी संविधानसभाबाट बाहिरिने निर्णयसहितको पत्र बुझाएपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष गच्छदारले ३ वटा घाटमा भएकाहरूलाई आफूले नै तानेर एकै ठाऊँमा ल्याएको बताएका छन् । उनले कांग्रेस, एमाले र एमाओवादीलाई समेटेर आफ्नै पहलमा १६ बुँदे सहमति गराएको दावी समेत गरेका छन् । उनले १६ बुँदे पछिका अन्य सबै विषयहरू आफ्नो विमतीमा भएको बताएका छन् ।

देशमा संविधान ल्याउनै पर्ने बताउँदै उनले संविधान ल्याउनकै लागि आफूले थारूभन्दा माथी उठेर अगाडि बढेको बताए ।

यसअघि उनले सभाध्यक्ष नेम्वाङलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए । उनले अहिले उठिरहेको मधेसका मागहरूलाई सम्बोधन गर्न नसकिने देशमा ठूलो संकट निम्तिने बताएका थिए । जवाफमा सभामुख नेम्बाङले अझै पनि मागहरू सम्बोधन गर्ने ठाऊँ रहेको बताएका छन् ।

नेम्वाङले संविधानसभामा आएका संशोधन प्रस्तावहरुलाई विचार पुर्‍यार संशोधन गर्न सकिए ती मागहरू सम्बोधन हुन सक्ने बताएका छन् ।


  •  
  •  
  •