विदेशी संलग्नतामा आन्दोलनरत दल गम्भिर बन्नुपर्छ : गच्छदार

180
  •  
  •  
  •  

विराटनगर, ३ जेठ(ओएनएस) : उपप्रधानमन्त्री विजयकुमार गच्छदारले संघीय गठबन्धनले गरेको सिंहदरबार घेराउका क्रममा विदेशीको समेत संलग्नताका सम्बन्धमा सरकार गम्भिर रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा मन्त्री गच्छदारले आन्दोलनका क्रममा विदेशीको समेत सहभागीताका सम्बन्धमा आन्दोलनरत दलहरू सजग हुनुपर्ने बताए । सिंहदरबार घेराउका क्रममा आइतबार केही विदेशीहरू पनि देखिएपछि यसको विरोध समेत भएको छ ।

कुराकानीका क्रममा उनले संविधान संशोधनबाट मात्र माग पुरा हुने भन्दै सिंहदरबार घेराउ गर्नुको कुनै औचित्य नरहेको बताएका छन् ।
मोर्चाले उठाएको माग छलफल र संविधान संशोधनबाट नै हुने भन्दै वार्ता र सहमतिका लागि सरकार तयार रहेको बताएका छन् । उनले आन्दोलनरत दलहरूलाई आन्दोलन छाडेर वार्ता र सम्वादका लागि आउन समेत आग्रह गरेका छन् ।

उनले शान्तिपूर्ण भनिएको आन्दोलनमा सरकारले कुनै हस्तक्षेप नगर्ने तर अराजक क्रियाकलाप गर्न खोजिए त्यसलाई सहेर भने नबस्ने बताएका छन् ।


  •  
  •  
  •