जोलीको गाडीमा वोतल प्रहार

185
  •  
  •  
  •  

काठमाडौं, १९ असार (ओएनएस) भारतीय जनता पार्टीका नेता विजय जोली निस्केर गाडी चढ्ने क्रममका बाहिर प्रदर्शन गरिरहेका कार्यकर्ताकाले पानीको वोतलले हानेका छन् । प्रहरीले त्यसपछि लाठी चार्ज गरेको छ । ५ जनालई गिरफ्तार गरेको छ ।

महाधिवेशनस्थलमा प्रवेश गर्न नपाएका कार्यकर्ताले महाधिवेशनस्थल बाहिर विरोध प्रदर्शन गरिरहेका छन् ।

एमालेको नवौं महाधिवेशनमा भाग लिन आएका भारतीय जनता पार्टीका नेता जोलीले नेपालको लोडसेडिङ अन्त्यका लागि भारतले सहयोग गर्ने बताएका छन् ।

एमाले नवौं महाधिवशेनमा शुभकामना सन्देश दिने क्रममा नेता जोलीले नेपालमा १२ घण्टा बिजुली जाने गरेको भन्दै त्यसको अन्त्यका लागि भारत सहकार्य र सहयोग गर्न तयार रहेको बताए । उनले रोजगारी बढाएर उद्योग स्थापनामा पनि भारत सहयोग गर्न तयार रहेको बताए ।

नेपालका धेरै युवायुवती विदेश जानुनपर्ने वाध्यता रहेकाले उनीहरुलाई नेपालमै रोजगारी सृजना गर्न सके नेपालको विकास हुने उल्लेख गरे ।

नेपालको सुख शान्ति एवं विकास भए भारतलाई पनि फाइदा हुने उनको भनाई छ । एमाले महाधिवशेनमा बंगलादेश, रसियन फेडरेसन, क्याम्बोडिया लगायतका देखका पाहुनाले शुभकामना व्यक्त गरेका छन् ।


  •  
  •  
  •