‘रिहाना तिम्रो तस्वीरले जितायो’

256
  •  
  •  
  •  

काठमाडौं, ८ साउन (ओएनएस) : ‘रिहाना तिम्रो तस्वीरले मलाई जितायो ।’ बिहीवार बिहानै फोन गरेर बिजय गजमेरले यसो भन्दा, रिहानाले भनिन्, ‘हो र ! मलाई पनि खुसी लाग्यो । तर बिजयदाई मेरो घाउ निको भएकोे छैन ।’ जसको तस्वीरबाट उनी जितको खुसियाली मनाइरहेका थिए, उनै दुःखी भएको खवरले बिजयलाई कता—कता पीडाको अनुभुती भयो । अनि प्रसंग मोडेर रिहानाको बुबासँग हालखबर सोध्धै खुसियाली बाडे ।

सर्वाेत्कृष्ट तस्वीरको अवार्ड जिते लगत्तै भावुक बनेका गजमेरका अगाडी मात्र रिहाना छाइरहेकी थिइन् । उनलाई अवार्ड लिनुभन्दा बढी हतार रिहानालाई खुसियाली सुनाउनुमा थियो । तर, रात छिप्पीएकाले खुसिलाई समेट्दै बिहानीको पर्खाइमा लागे । आफ्नै पतीबाट जलाइएकी रिहानासँग गजमेरको पहिलो भेट राजधानीस्थित वीरअस्पतालको शैय्यामा भएको थियो ।

नागरिक दैनिकका लागि मर्मस्पर्सी फोटो खिच्न अस्पताल पुगेका उनी ४० दिनको उपचारपछि माइतीघर फर्कन लागेकी रिहानालाई पछ्याउदै नेपालगञ्ज पुगे । ‘अफिसले प्लेन टिकटको व्यवस्था मिलाएको थियो । तर म उनीसँगै केहीपल बिताउन चाहान्थे ।’ भन्दै उनले आफ्नो यात्राका लागि वर्न नेपालले सबै व्यवस्था मिलाएको समेत सुनाए ।

दिउसो १ वजे राजधानीबाट सुरुभएको गजमेर—रिहानाको यात्रा बिहान ३ : ३० वजे गन्तव्यमा पुग्यो । मृत्यूलाई जितेर फर्केकी छोरीको आगमनमा आमाको हर्षपूर्ण आशुलाई समेत उनले क्यामरामा कैद गरे । ‘उनीहरु रुँदै थिए, म निष्ठुरी हुदै आफ्नो कर्ममा लागे ।’ यसो भन्दै रिहानाको परिवारले आफूलाई दिएको माया र सम्मानप्रति उनी आभार व्यक्त गर्छन् । ‘त्यो एक दिनको बसाईमा म परिवारको सदस्य जस्तै भएको थिए ।’

IME Global IME  Phot of the Year Award 21
सवोत्कृष्ट तस्वीरको पुरस्कार प्रदान गर्दै सञ्चारमन्त्री डा. मिनेन्द्र रिजाल र ग्रहण गर्दै फोटो पत्रकार बिजय गजमेर । तस्वीर : ओएनएस

बिहान जब उनी रिहानासँग बिदा माग्न गए, उसले ओछ्यानबाटै बिदाइको मुस्कान दिई, र त्यही मन्द मुस्कान भरिएको तस्विरलाई उनले लेन्सभित्र कैद गरे, कहिल्यै नबिर्सने गरी । गजमेर त्यो छण सम्झिँदै भन्छन्, ‘पर पुगुन्जेल उसले मलाई हेरीरहेकी थिई ।’ फोटो स्टोरी सहित पत्रिकामा छापियो, तर रिहानासँगको बालसुलभ स्नेह गजमेरको मनमा कहिल्यै नबिर्सनेगरी बस्यो ।

त्यही एक दिनको यात्राले उनलाई बधाइको पात्र बनाएको छ । राजधानीमा फोटो पत्रकार क्लबले आयोजना गरेको प्रतियोगितामा देशभरबाट प्राप्त ६ हजार ५ सय ४९ तस्वीरलाई उछिन्दै गजमेरले सर्वाेत्कृष्ट अवार्ड पाए । अवार्ड थाप्दै गर्दा भावुक बनेका गजमेरले भने, ‘मैले जिते तर अँझै रिहानाले न्यायिक उपचार पाएकी छैनन् । मेरो फोटो मात्र चर्चाको विषय नबनोस् देशव्यापीरूपमा घरेलु हिंसाबाट पीडितहरूले न्याय पाउन् ।’ उनको मर्मस्पर्शी शब्द सुनिरहेका सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले प्रतिबद्धता जनाए, ‘मैले योे प्रतियोगिता यती गहन सामाजिक अर्थको होला भन्ने सोचेको थिँइन, म सरकारका तर्फबाट गम्भीर बनेको छु ।’


  •  
  •  
  •