बिहारमा आँधी र चट्याङका कारण ८ जनाको मृत्यु

118
  •  
  •  
  •  

नयाँ दिल्ली । पूर्वी भारतीय राज्य बिहारमा आएको आँधी र चट्याङका कारण ८ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।


भारतीय संचारमाध्यमका अनुसार, सोमबार साँझ आएको आँधि र चट्याङका कारण ८ जनाको मृत्यु भएको हो ।
बिहारको गोपालगञ्जमा तीन, सिओहार एक, सितामार्हिमा एक र चम्पारनमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भीषण रुपमा आएको आँधीको कारण कैयौं रुखहरु ढलेको र धुलोसहितको आँधीको कारण विद्युत समेत बन्द भएको छ ।
यसअघि भारतको उत्तर प्रदेश राज्यमा गत हप्ता आएको वर्षासहितको हावाहुरी र चट्याङका कारण २६ जनाको मृत्यु भएको थियो भने ५७ जना घाइते भएका थिए ।
एजेन्सी


  •  
  •  
  •