बिहारमा बाढीको वितण्डा : ५६ जनाको मृत्यु, ७० लाख बढी प्रभावित

244
  •  
  •  
  •  

bihar
बिहार, ३२ साउन (एजेन्सी) : यसपटक नेपालसंगै भारतका पनि विभिन्न ठाउँ डुबानमा फसेका छन् ।

नेपाल भारत सीमा क्षेत्रका नदीहरुमा आएको बाढीका कारण भारतको बिहारको भू–भाग डुबानमा परेको छ । बिहारमा बाढी र डुबानमा परी ५६ जनाको मृत्यु भएको छ ।

भारतीय मिडियाहरुले जनाए अनुसार, बाढीका कारण करिब ७० लाख प्रभावित भएका छन् । १३ जिल्लाका १०७० गाउँ पञ्चायलतहरु डुबानमा परेका छन् ।

बाढीको सबैभन्दा बढी असर पुगेको अररिया क्षेत्रमा २० जनाको मृत्यु भएको छ । यसैगरी पश्चिम चम्पारणमा नौ जना, किशनगञ्जमा ८ जना, सीतामढीमा पाँच, मधेपुरामा चार, पूर्वी चम्पारण, दरभंगा र मधुबनीमा तीन जनाको मृत्यु भएको छ । शिवहरमा एकजनाले ज्यान गुमाएका छन् ।

बाढीबाट प्रभावित भएका करिब डेढ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीपीडितको उद्दार तथा राहत वितरणमा स्थानीय सरकारले तिब्रता दिएको छ । डेढ लाख बढी प्रभावितहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रशासनले जनाएको छ ।


  •  
  •  
  •