अपडेट: नीतीश-लालु महागठबन्धनलाई बहुमत

139
  •  
  •  
  •  

bihar-electionकाठमाडौँ, २२ कात्तिक(ओएनएस) : बिहार विधानसभा निर्वाचनको अहिलेसम्मको घोषित परिणाममा नीतीश कुमार-लालु यादवको महागठबन्धनले बहुमत प्राप्त गरेको छ । नीतीश-लालु यादवको महागठबन्धनले १ सय ४४ सिटमा विजय हासिल गरिसकेको छ । २४३ सिटको विधानसभा चुनावमा बहुमतका लागि १ सय २२ सिटमा जित्नु पर्ने थियो । मोदीको भारतीय जनता पार्टीसम्मिलित एनडिए गठबन्धनले अहिलेसम्म ४१ सिटमा विजय पाएको छ ।

…………………

अहिलेसम्मको मत परिणाम अनुसार नीतीश कुमार-लालु यादवको महागठबन्धनले १३३ सिट जितेको छ भने ४३ सिटमा अग्रता कायम रहेको छ । यता बिजेपीले ३५ सिटमा जित हासिल गरेको छ भने १७ सिटमा अग्रता लिएको छ ।

……………….

अहिलेसम्मको अवस्थामा नीतीश कुमार-लालु यादवको महागठबन्धनले १०१ सिट जितेको छ भने ७३ सिटमा अग्रता कायम रहेको छ । यता बिजेपीले २५ सिटमा जित हासिल गरेको छ भने २९ सिटमा अग्रता लिएको छ ।

…………………

बिहारको विधानसभा निर्वाचनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सत्तापक्षीय भारतीय जनता पार्टी(बिजेपी)ले हार बेहोर्ने संकेत देखिएको छ । मोदीको बिजेपीलाई नीतीश कुमार र लालु यादवको महागठबन्धनले पछ पारेको छ ।

पछिल्लो मत परिणाममा भाजपाविरुद्ध नीतीश कुमार-लालु यादवको महागठबन्धनले जम्मा २ सय ४३ सिटमध्ये १ सय ४१ सिटमा अगाडि देखिएको छ भने २३ वटा सिटमा जित दर्ता गरिसकेको छ । तर, बिजेपीले भने खाता खोल्न सकेको छैन् । बिजेपीले मात्र ५४ सिटमा अग्रता लिएको छ ।

यो परिणामले नीतीश मुख्य मन्त्री बन्ने बाटो सहज बनाउँदै लगेको छ । मतगणनामा यही क्रम जारी रहे प्रधानमन्त्री मोदी नेतृत्वको बिजेपीलाई बिहारका मुख्य मन्त्री समेत रहेका नीतीशको गठबन्धनले पराजित गर्ने निश्चित छ ।

गठबन्धनको उक्त अग्रतापछि बिजेपीले हार स्वीकार समेत गरिसकेको छ भने प्रधानमन्त्री मोदीले नीतीशलाई फोन गरेर बधाई समेत दिइसकेका छन् । मोदीले नीतीशले बिहारको विकासका लागि गरेको कामका लागि जनताले नीतीशलाई चुनेको उनको भनाई रहेको भारतीय सञ्चारमाध्मयले जनाएका छन् ।

सुरूवातमा एनडीए अगाडि रहेको थियो, तर मतपत्रको गणना हुँदै गर्दा महागठबन्धन निकै अगाडि देखियो । पटनाको गान्धी मैदानमा विजयको खुसी मनाउन भेला भएका बिजेपीका समर्थक फर्कन थालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


  •  
  •  
  •