विज्ञापन रद्द गर्न दिएको निर्देशन तत्काल फिर्ता गर्न आग्रह

56
  •  
  •  
  •  

काठमाडौं । साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्रले स्थानीय तहमा कर्मचारी नियुक्तीका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्न दिएको निर्देशन तत्काल फिर्ता लिनुपर्ने बताएका छन् ।

काठमाडौं माइतीघर मण्डलामा युवाहरुले गरेको विरोध कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै मिश्रले लोक सेवा आयोग स्वतन्त्र संवैधानिक अंग भएकाले संसदीय समितिले दिएको सो निर्देशन पालना गर्न बाध्य नहुने बताए ।

आयोगको परीक्षाबाट उतीर्ण भएर जागिर खाने आफ्नो अधिकार हनन् संसदीय समितिले गरेको उनकोभनाइ छ । प्रदर्शनमा सहभागीहरुले राज्यले लोक सेवा आयोगमा समेत राजनीतिक हस्तक्षेप गरेर युवा विद्यार्थीहरुमाथि मानवताविरुद्धको अपराध गरिरहेको आरोप लगाएका थिए ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको गत सोमबार बसेको बैठकले उक्त विज्ञापन तत्काल रद्द गर्न निर्देशन दिएको थियो ।


  •  
  •  
  •