संसारकै ठूलो अण्डा लिलाम भएको छ। एलिफेन्ट बर्ड नामक लोप भइसकेको चराको प्रजातिको अण्डा अनुमान गरिएको मूल्यभन्दा दोब्बरमा लिलाम भएको हो।
अण्डा लिलाम गराएको संस्थाका एक अधिकारीले भने, ‘हामीले २० हजारदेखि ३० हजार पाउन्डसम्ममा अण्डा लिलामी होला भन्ने अनुमान गरेका थियौँ। तर, अन्त्यमा ६६ हजार ६ सय ७५ पाउन्डमा लिलाम गर्यौंल। सोचेभन्दा दोब्बर मूल्य पाइयो।
सयौँ वर्षअघि लोप भएको एलिफेन्ट बर्डको अण्डा केही वर्षअघि मडागास्कर टापुमा पाइएको थियो। अण्डा १७ औँ शताब्दीताकाको हुनसक्ने अनुमान गरिएको छ। यो अण्डा सामान्य अण्डाभन्दा सय गुणा ठूलो छ।एजेन्सी
Comments are closed.