ज्वाईले झुक्याएर १० लाखको तमसुक गराउदा ८६ बर्षे बृद्धको बेहाल

279
  •  
  •  
  •  

Bidur Garib Chamarरुपन्देही, ७ जेठ(ओएनएस) : आफ्नै ज्वाईले झुक्काएर १० लाखको तमसुक गराएपछि कपिलवस्तु नगरपालिका–१६ डंगरीका ८६ वर्षीय बृद्धको बेहाल भएको छ ।

बलुहवा गाविसका माइलो ज्वाई राम कुमार चमारले १० लाखको कपाली तमसुल बनाएको कुरा थाहा पाएपछि बिदुर गरीब चमार निकै चिन्तित भएका छन् । तमसकु कै कारण उनी तनावमा छन् । चार दिन देखि नै उनले खाना पनि नखाएको ठुली छोरी मान्तीले बताइन् ।

चार छोरी ज्वाईलाई नै आफ्नो खेतबारी र घर दामासायीले नामसारी गर्न गत जेठ १ गते मालमा जादा ज्वाई राम कुमारले तमसुक गराएको कुराबारे गरीबले थाहा पाएका थिए ।

नगरपालिकाको वडा कार्यालयको सिफारिस लगायतका कागजी प्रकृया पुरा गरी मालमा जाँदा मालका कार्यालय प्रमुख ईश्वरी प्रसाद शर्माले ३ दिनसम्म आलटाल गरेको गरीबले बताए । कित्ता नम्बर ४८० को मिन्डा डिई अन्र्गतको ढेड कठ्ठा जग्गा सहित एक-एक फुस र पक्की घर चारै जनाको नाममा राजीनामा पासकालागि मालमा गएका थिए ।

कार्यालय प्रमुख शर्माले ३ दिनसम्म आलटाल गरेपछि गत जेठ ३ गते ४:४५ बजे अदालतको आदेश भएकाले जमिनको रोक्का गर्दै राजीनामा हुन नसक्ने जनाएको गरबीले बताए । ज्वाई राम कुमारले आफुसँग कहिले तमसुक गराएको थाहा नभएको गरीबले बताए । छोरी ज्वाईँलाई आफ्नो जीवनकाल मै संपत्ति दिने उनको चाहना रोकिएको छ नै त्यसमाथी १० लाखको तमसुकले उनी दुःखी भएका छन् ।

ज्वाई राम कुमारलाई यसअघि घर नजिकै रहेको जग्गा पास गरिदिएका थिए । त्यही जग्गामा घर बनाएर छोरी शान्ति र ज्वाई बसेका छन् । त्यही छोरी ज्वाइले नै धोका दिए पछि अहिले बृद्ध गरीबको भोक र निद्रा हराएको छ ।

ज्वाई राज कुमारले त्यही तमसुकलाई आधार बनाएर अदालतमा गरीब विरूद्ध लेनदेनको मुद्दा हालेका छन् । अदालतले मुद्दाको किनारा नलाग्दासम्म संपत्ति किनबेचमा रोक्न माललाई आदेश गरेको छ ।

सदरमुकाम तौहिलवामा आफ्नो पीडा प्रजिअ ईन्दु घिमिरे, संचारकर्मीलाई सुनाउदै आफू अनाहमा अदालती प्रकृया फसेको दुःखेसो पोखेका छन् ।

राजीनामा पास गराउनकालागि सहयोगीका रूपमा गरीबसँग लगातार ३ दिन माल धाएका जगदीश पाण्येयले माल कार्यालयका प्रमुख शर्माले राम कुमारको साथ दिएको आरोप लगाए । ‘अदलतको आदेश पनि आएको थिएन, सबै प्रकृया पुरा गरिए पनि ३ दिनसम्म अड्काइयो’, पाण्डेयले भने ।

एक्कासी अदालतको आदेश आएको भन्दै जमिन रोक्का गरिएको उनले दाबी गरेका थिए । उता मालमोत कार्यालयका प्रमुख शर्माले आफुलाई राम कुमारसँग लेनदेनको मुद्दा भएकाले राजीनामा पास नगर्न आग्रह गरेको दावी गरेका छन् । गरीबसँग लेनदेनको मुद्दा परेको जानकारी आएकाले आफुले राजीनामा पास गर्न ढिलाई गरेको शर्माको भनाई छ ।


  •  
  •  
  •