कास्की । गएको मंसिर १४ गते भएको उपचुनावबाट प्रतिनिधि सभाको सांसद पदको लागि निर्वाचित विद्या भट्टराईले आज पद तथा गोपनियताको शपथ लिँदैछिन् ।

उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसदको कृषि तथा प्राकृतिक स्रोत साधन समितिको सभाहलमा दिउँसो १ बजे शपथ ग्रहण गराउँनेछिन् ।
सभामुख नभएको अवस्थामा उपसभामुख तुम्बाहाम्फेले विद्यालाई सपथ ग्रहण गराउन लागेकी हुन् ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि विद्याले कास्की २ बाट उपचुनावमा सांसद पदको लागि उम्मेदवारी दिएकी थिइन् ।
उपचुनावमा भट्टराईले नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार ४ सय ३ मतले पराजित गरेकी थिइन् ।
भट्टराईले २४ हजार ३ सय ९४ मत प्राप्त गर्दा पौडेलले १५ हजार ९ सय ९१ मत पाएका थिए ।