अध्यादेशको गाँठो फुकाउन ओली र प्रचण्डलाई राष्ट्रपतिको आग्रह

304
  •  
  •  
  •  

काठमाडौँ, ५ पुस (ओएनएस) : राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा निर्वाचन अध्यादेशको गाँठो फुकाउन एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेकी छिन् । दलीय सहमति जुटाएर अध्यादेशको गाँठो फुकाउन राष्ट्रपतिले आग्रह गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले ओएनएसन्यूजलाई जानकारी दिए ।

‘संवैधानिक र कानुनी बाटोबाट दायाँबायाँ गर्न मैले मिल्दैन’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै अधिकारीले भने, ‘छलफल गरेर छिट्टै टुंगोमा पुग्नुस् ।’

राष्ट्रपतिले विगतमा पनि दलहरुको सहमतिमै विवादहरु टुंगिएको उल्लेख गर्दै अब पनि सहमतिमै अध्यादेशको विकास मिलाउन आग्रह गरेकी छिन् । विधेयक प्रमाणिकरण गर्ने कि नगर्ने भन्ने विवादले संवैधानिक संस्थाहरु विवादमा आउन राम्रो नहुने राष्ट्रपतिको संकेत थियो ।

ओली र प्रचण्डले भने सरकारले संविधानविपरीत अध्यादेश ल्याएको भन्दै असन्तुष्टि जनाएका थिए । विवादको निरुपण गर्न सरकारले अग्रसरता नलिएको भन्दै उनीहरुले अब आफूहरुले नै पहल लिने बताएका थिए । भेटमा एमाले नेता सुवास नेम्वाङ र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए ।


  •  
  •  
  •