सोमबारदेखि काठमाडौंमा विद्युतिय बस

369
  •  
  •  
  •  

काठमाडौं । काठमाडौंमा सोमबारदेखि विद्युतिय बस सञ्चालनमा आउने भएको छ ।  निजी क्षेत्रको सुन्दर यातायातले शुरुमा चारवटा बस सञ्चालनमा ल्याउन लागेको हो ।

सोमबार दिउँसो भृकुटीमण्डपमा रहेको नेपाल पुलिस क्लबमा बिजुली बसको उद्घाटन हुने सुन्दर यातायातले जनाएको छ ।

अघिल्लो हप्ता सुन्दर यातायातले काठमाडौंको भत्केको पुलमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको थियो । चार्जिङ स्टेशन सञ्चालनमा आएसँगै काठमाडौंको सडकमा पहिलो पटक निजी क्षेत्रको बिजुली बस गुड्ने भएको हो ।
बिजुली बस रिङरोड, नारायणस्थान हुँदै चक्रपथ, भैंसेपाटी, गोंगबु बसपार्कहुँदै सल्लाघारी भक्तपुर, कलंकी ढुंगेअड्डा हुँदै नेपाल मेडिकल कलेजसम्म विद्युतीय बस सञ्चालनमा ल्याइने छ ।

पहिलो रुटमा बसहरुले चक्रपथ परिक्रमा गर्नेछन् । दोस्रो रुटमा नारायणथान, जावलाखेल–मेडिसिटी अस्पताल पुग्नेछन् ।
साथै तेस्रो रुटमा गोगंवु–सामाखुसी–गौशला–कोटेश्वर हुँदै सल्लाघारीसम्म पुग्नेछन् ।

चौथो रुट अन्तर्गत ढुंगेअड्डा–कलंकी–त्रीपुरेश्वर–वीर अस्पताल–जमल–कृष्णपाउरोटी–रातोपुल–गौशला–चावहिल–बौद्ध–जोरपाटीस्थित अत्तरखेलसम्म पुग्नेछन् ।

त्यसैगरी अन्तिम रुट सूर्यविनायक–कोटेश्वर–बानेश्वर–वीरअस्पताल र जमल रहेको छ ।


  •  
  •  
  •