विधुत चोरी गर्ने २५ जना कारबाहीमा

931
  •  
  •  
  •  

तनहुँ, १९ मंसिर (ओएनएस) । तनहुँमा विधुत चोरी गर्ने २५ जनालाई कारबाही गरिएको छ ।

नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले अनाधिकृत रूपमा बिजुली चोरी गरी प्रयोग गर्ने बन्दीपुर गाउँपालिका र भानु नगरपालिकाका २५ जनालाई कारबाही गरेको हो ।

अनुगमनको क्रममा घरायसी प्रयोजन र साना उद्योगका ग्राहकले बिजुली चोरी गरी प्रयोग गरेको भेटिएको नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले बताएको छ ।

उनीहरूलाई विद्युत चोरी नियन्त्रण ऐन २०५८ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ । कारबाहीको क्रममा उनीहरूबाट ७९ हजार ४ सय २१ रूपैया असुली भएको कार्यालयले जनाएको छ ।


  •  
  •  
  •