विद्युत प्राधिकरणमा कल सेन्टर, गुनासो राख्न सकिने

64
  •  
  •  
  •  

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ग्राहकहरुको गुनासो तथा समस्या सम्बोधन गर्न कल सेन्टर सञ्चालनमा ल्याएको छ। कल सेन्टर काठमाडौं उपत्यका भित्रका ग्राहकहरुका लागि मात्र सञ्चालनमा ल्याइएको हो ।

प्राधिकरणले ग्राहकहरुको सहजताका लागि विद्युत सेवा आपूर्ति सम्बन्धी गुनासो, सूचना तथा जानकारीहरु एकै स्थानबाट आदानप्रदान गर्न सकिने गरी सो सेवा सुचारु गरिएको जनाएको छ ।

उपत्यकाभित्र विद्युत आपूर्ति सम्बन्धी कुनै समस्या, सूचना तथा गुनासो भएमा प्राधिकरणको हटलाईन नम्बर ११५० मा फोन सम्पर्क गरी अंक १ डायल गरेर कल सेन्टरबाट सेवा लिन सकिनेछ। उक्त कल सेन्टर २४ सैं घण्टा सञ्चालन हुने पनि प्राधिकरणले जानकारी गराएको छ ।


  •  
  •  
  •