विद्यमान नीतिगत व्यवस्था पूर्ण परिवर्तन गर्न असम्भव : पण्डित

309
  •  
  •  
  •  

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामती प्रशासन सम्बन्धी विद्यमान नीतिगत व्यवस्थामा पूर्ण परिवर्तन गर्न नसकिने बताएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री पण्डितले विगतमा गरिएको व्यवस्था विभेदकारी भए क्रमशः परिर्वतन गर्दै जानुपर्ने बताए ।

समितिले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका लागि विभागीय मन्त्री पण्डितलाई समितिमा बोलाएको हो ।

पण्डितले विगतमा गरिएको व्यवस्था विभेदकारी भए परिर्वतन गर्दै जान सकिने र भविष्यमा पनि आवश्यकताअनुसार परिर्वतन गर्न सकिने बताए ।

तर, विद्यमान सम्पूर्ण नीतिगत व्यवस्थामा डोजर लगाउन भने सम्भव नभएको उनको भनाइ छ ।
सरकारको विभिन्न संरचना र संगठनहरु पनि त्यो अनुसार तयार नभएको बताए । उनले विभिन्न पदमा कार्यरत व्यक्तिको कार्यगत स्थिति कहाँ कति परिर्वतन गर्ने भन्ने अनुसार अधिकतमसम्म मिलाएर अघि बढेको पनि जानकारी दिए ।


  •  
  •  
  •