सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयक संसदमा पेश

32
  •  
  •  
  •  

काठमाडौं । प्रतिनिधिसभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन,सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पेश भएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन,सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक,२०७९’पेश गरेकी हुन्।

बैठकमा सांसदहरू ज्ञानबहादुर शाही र प्रेम सुवालले “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोध बहुमतले अस्वीकृत भएपछि मन्त्री शर्माले संसदमा पेश गरेकी हुन्। अब विधेयकमाथि दफाबार छलफल हुनेछ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here