राष्ट्रपति भण्डारीले शान्ती ढङगले सहभागी भई मताधिकार प्रयोग गर्न आग्रह

171
  •  
  •  
  •  

काठमाडौं, मंसिर २१ (ओएनएस) :  राष्ट्रपति बिद्यादेवी भण्डारीले बिहिवार हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा शान्तिपूर्ण ढङ्गले सहभागी भई मतदान गर्न आग्रह गरेकी छन् ।
नेपालको संबिधानले जनताको लोकतान्त्रिक हक र अधिकारको पूर्ण प्रत्याभुती गर्नुका साथै २०७४ माग ७ भित्रै संघिय संरचना अन्र्तगतका सम्पन्न गरिसक्नु पर्ने शुभकामना सन्देस मार्फत जनाएकी छन् । र्मसिर १० गते पहिलो चरणको निर्वाचनमा जनताको उल्लेखीय सहभागिताका साथ शान्ीपूर्ण तरिकाबाट सम्पन्न भएकोमा खुसी व्यक्त गरेकी छन् । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनले संबिधान कार्यान्वयनमा सहज हुने बताएकी छन् । निर्वाचनले राजनीतिक स्थिरता, सामाजिक न्याय र समानता समाजवाद उन्मुख अर्थतन्त्रको विकास हुने शुभकामना सन्देसमा उल्लेख गरिएकी छन् ।
यो निर्वाचनले जनप्रतिनिधिहरु छान्ने मात्रै नभई सामाजिक आर्थिक रुपले समृद्ध पार्नुका साथै नेपाल निर्माणको ठोस दिसामा जाने बताएकी छन् ।
दोस्रो चरणको निर्वाचनमा उत्साह उमङगका साथ सहभागि भइ लोकतान्त्रिक प्रक्रियालाय सफल बनाउन समेत आग्रह गरेकी छन् ।


  •  
  •  
  •