विद्या भट्टराईले उम्मेदवारी दर्ता गरिन्

63
  •  
  •  
  •  

कास्की । आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि कास्की क्षेत्र नं २ बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छिन् ।

उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीमा उम्मेदवारी दर्ता गराएकी हुन् । कास्की–२ नेकपाका लागि सुरक्षित निर्वाचन क्षेत्र मानिन्छ ।

यसअघिका तीनै निर्वाचनमा तत्कालीन एमालेका उम्मेदवार रविन्द्र अधिकारी निर्वाचित भएका थिए । गत फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा रविन्द्र अधिकारीको निधन भएपछि पार्टीले उनैका पत्नी भट्टराईलाई टिकट दिएको हो ।


  •  
  •  
  •