बिहीबारकाे विदेशी मुद्राको सटही दरहरु

306
  •  
  •  
  •  

काठमाडौं, ८ चैत (अाेएनएस) : नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७४ पैसा र विक्रिदर २७ रुपैयाँ ९० पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५७ पैसा र विक्रिदर २८ रुपैयाँ ७४ रुपैयाँ छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६९ पैसा र विक्रिदर ९ रुपैयाँ ७५ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ४६ रुपैयाँ ९० पैसा छ भने विक्रिदर ३ सय ४८ रुपैयाँ ९० पैसा रहेको छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३२ पैसा र विक्रिदर २८ रुपैयाँ ४९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ५० पैसा र विक्रिदर २६ रुपैयाँ ६६ रहेको छ ।

एक बहराइन दिनार एकको खरिददर २ सय ७५ रुपैयाँ ९२ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ ५१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।


  •  
  •  
  •