विदेशबाट नेपाली ल्याउन आज ११ वटा अन्तर्राष्ट्रिय उडान हुने

313
  •  
  •  
  •  

काठमाडौं । विदेशमा अलपत्र परेका नेपाली ल्याउन आज ११ वटा अन्तर्राष्ट्रिय उडान हुने भएको छ । खाडीका देश र मलेसियाबाट विभिन्न पाँच उडानमार्फत नेपाली फर्कने उडान तालिका रहेका छ । यस्तै यूएई र कतारको दोहाबाट आज बिहान नेपालीहरु काठमाडौं आएका छन् ।


आज कतारको दोहाबाट मात्रै तीन उडानमार्फत नेपाली फर्कने तालिका रहेको विमानस्थलले उल्लेख गरेको छ ।

बुधबार हिमालय एअरलाइन्स, नेपाल एअरलाइन्स र कतार एअरवेज नेपाली लिएर आउनेछन् । हिमालय एअरलाइन्समार्फत मलेसियाको क्लालाम्पुरबाट नेपाली स्वदेश फर्कंदै छन् । आज साउदी, यूएई, मलेसिया लगायतका देशमा नेपाली लिन जहाज जाँदैछन् ।


  •  
  •  
  •