विद्या भण्डारीले भनिन्-माधव नेपाल संविधान निर्माणका बाधक

125
  •  
  •  
  •  

काठमडौं ८ चैत ।  एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले संविधान निर्माणमा एमाले बरिष्ठ नेता माधवकुमार नेपाल नै बाधक बनेको आरोप लगाएकी छन् ।

प्रेस चौतारीले शनिबार वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष भण्डारीले नेता नेपालका कारण संविधान निर्माण प्रक्रिया भाँडिएको बताइन् ।

‘नेता नेपालले कांग्रेस–एमालेका केही नेताहरुका कारण विवादित विषयमा सहमति जुटन नसकेको अभिव्यक्ति दिएकाले उनी संविधान निर्माणका बाधक हुन्’, भण्डारीले भनिन्, ‘३० दलीय मोर्चाको आन्दोलनले पनि संविधान निर्माण प्रकृया रोकिएको छ ।’

सडकबाट संविधान बन्ने भए संविधानसभाको आवश्कयता नपर्ने बताउँदै भण्डारीले ३० दलीय मोर्चाको आन्दोलनको औचित्य नरहेको जिकिर गरिन् । एमाओवादीले आफ्नो हैसियत बिर्सिएकै कारण संविधान निर्माणमा जटीलता थपिएको उनको आरोप थियो ।

भण्डारीले राज्यको पूनःसंरचना बाहेकका बिषयमा दलहरुबीच  सहमति जुटेपनि एमाओवादीका कारण समस्या आएको बताइन् । एमाले संघीयताबारे हदैसम्म लचक हुन तयार रहेको उनको भनाइ थियो । ‘हामीले सात प्रदेशको प्रस्ताव पेश गरेका छौं’, उनले भनिन्, ‘सहमति हुन्छ भने संख्यामा तलमाथि गर्न तयार छौं ।’

भण्डारीले संघीयता विरोधी चित्र बहादुर केसीको राष्टिय जनमोर्चा पार्टी र राजतन्त्रको पक्षधर राप्रापा नेपालसमेत सहमति आइसकेको जिकिर गरिन् । अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •