सुत्केरीको पीडामा भक्कानिइन राष्ट्रपति

221
  •  
  •  
  •  

काठमाडौं ३० चैत ।
‘दुर्गम स्थानकी महिलाको अझै पनि न्यूनतम चिकित्सा सेवा, उपकरण र औषधि अभावले प्रसव अवस्थामा साल ननिस्किएर मृत्यु हुनु हाम्रा लागि अत्यन्तै दुःखत, पीडादायी र ह्रदयविदारक हो,’ यसो भन्दा भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको गला अवरुद्ध भयो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको रजतजयन्तीका अवसरमा राजधानीमा सोमबार आयोजित ‘स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको दोस्रो राष्ट्रिय सम्मेलन’ उद्घाटन समारोहमा राष्ट्रपति भण्डारी गर्भवतीको अकाल मृत्युबारे बोल्दै गर्दा भावुक भएको छ ।

विगत केही वर्षमा नेपालमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति भएपनि स्वास्थ्य सेवाकै अभावमा प्रसव पीडाले छट्पटाएर नेपाली महिलाले अनाहकमा ज्यान गुमाउने क्रम नरोकिएको तथ्य उजागर गरिरहँदा भण्डारी भावुक बनेपछि राष्ट्रिय सभागृहमा भरिभराउ राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका वैज्ञानिक, स्वास्थ्य अनुसन्धानकर्ता, चिकित्सक, स्वास्थ्यकर्मी लगायत गम्भीर देखिएका थिए ।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •