राष्ट्रपतिले भनिन्, ‘संघीयता घोषणा हतारमा भो’

102
  •  
  •  
  •  

काठमाडौं १५ माघ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा संघीयता ल्याउने क्रममा मोडलमा छलफल नै नगरी हतार गरिएको बताएकी छन् । राष्ट्रपति भण्डारीले शीतलनिवासस्थित कार्यालयमा बिहीबार पत्रकारहरुसँग संघीयताको सैद्धान्तिक विषयमा गम्भीर रुपमा छलफलसम्म नभएको गुनासो गरिन् । ‘मोडलमा छलफल नै नगरी संघीयता ल्याउने काम भयो ।

सैद्धान्तिक रुपमा संघीयताको विषयमा धेरै गृहकार्य गर्नुपर्ने थियो । जे भयो, अब कार्यान्वयन गर्दै जाऊँ । नभएमा पछि के हुन्छ हेरौंला,’ उनले भनिन् । मुलुकको प्राकृतिक स्रोतसाधनलाई ध्यान नदिई आफूखुसी संघीयताको सीमांकन गरिएको भन्दै राष्ट्रपतिले चित्त दुखाइन् ।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •