काठमाडौं २६ कात्तिक (ओएनएस) :
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको कार्यान्वयन गरि सबै नेपालीका माग सुनिश्चित गर्नुपर्ने बताएकी छन् । दीपावलीका अवसरमा शुभकामना सन्देश दिदै राष्ट्रपति भण्डारीले नेपाली नेपालीबीचको आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बनाउनुपर्ने बताइन । यस पर्वलाई हर्षोल्लासका साथ मनाउन जसरी सबै नेपाली एकाकार हुन्छौँ, त्यसरी नै देशमा भर्खरै जारी भएको नेपालको संविधानको सफल कार्यान्वयन गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्न सबै लाग्नुपर्ने पनि उउनले भनेकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपाल संवत् ११३६ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । ऋणमा डुबेका नेपालीलाई शङ्खधर साख्वाले ऋणमोचन गराई सुरु गरेको नेपाल संवत् नेपालीको मौलिक संवत् भएको जनाउँदै राष्ट्रिय विभूति साख्वाप्रति सम्मानसमेत व्यक्त गरेका छन् । उनले नेपाल राष्ट्रका नाममा सुरु भएको नेपाल संवत् कुनै शासनको नाममा नभएकाले पनि जनताको संवत् भन्ने स्पष्ट हुने बताइन ।
राष्ट्रिय एकता र समाजिक सद्भावलाई विकसित गर्नुपर्ने यो महत्वपूर्ण अवसरमा जनतालाई गरिबीबाट मुक्त गरी समृद्ध पार्नुपर्ने राष्ट्रिय दायित्व भएको बताए । सन्देशमा प्रधानमन्त्रीले लोकतन्त्र, शान्ति, स्थायित्व, सामाजिक न्याय, समानता र राष्ट्रिय एकता सुदृढ बनाउने अभिभारा पूरा गर्न सबैलाई आह्वान पनि गरेका छन् ।