प्रदेश २ : संघीय सरकारले तोके बाहेक थपिए आठ दिन सार्वजनिक बिदा (कुन–कुन दिन थपिए विदा)

1195
  •  
  •  
  •  

काठमाडाैँ, १० बैशाख (अाेएनएस) : प्रदेश २ मा संघीय सरकारले सार्वजनिक विदा तोके बाहेक प्रदेश सरकारले केही दिन सार्वजनिक विदा थप गरेको छ। प्रदेश सरकारले मन्त्रिपरिषद्काे बैठक बसी निर्णय गरेर थप आठ दिन सार्वजनिक बिदा थप गरेको हो ।

संघीय सरकारले सार्वजनिक विदा तोके बाहेक प्रदेश २ काे प्रदेश सरकारले विभिन्न पर्व र दिवसमा बिदा दिने निर्णय गरेको प्रदेश कार्यालयको सचिवालायले जनाएको छ।

छठपर्व, होली, जानकी नवमी, जनैपूर्णिमा, विवाहपञ्चमी र रामनवमीमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

मधेस आन्दोलन स्मृति दिवस ५ माघमा पनि सार्वजनिक बिदा दिने निर्णय भएको छ । कानुन मन्त्रालयका अनुसार इस्लाम धर्मावलम्बीहरूले मनाउने पैगम्बर हजरत मोहम्मद सल्लाहु वलैहे वसमको जन्मदिन ९वारह रविउल्ल औयल०को दिन पनि बिदा दिइनेछ ।

प्रदेश सरकारले थप आठ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको करिब दुई साता बितिसक्दा पनि संघीय सरकारको
मातहतमा रहेको मुद्रण विभागबाट प्रकाशन भने हुन सेकेको छैन।

मुद्रण विभागका प्रवक्ता पदम राज पाठकले प्रदेश सरकारले गरेका निर्णय केन्द्रको मुद्रण विभागमा प्रकाशन गर्नको लागि कार्यविधी बन्ने क्रममा रहेको बताए। उनले त्यही भएर प्रदेश सकारकारकाे निर्णय प्रकाशनकाे लागि ढिलार्इ भएकाे बताए।

उनले भने,‘मुद्रण विभागमा प्रकाशन नभइकन कुनै पनि निर्णय कानुन अनुसार लागु भएको भन्न नमिल्ने हो।’ प्रदेश सरकारले गरेका निर्णय प्रकाशन गर्नको लागि केन्द्र सरकारले प्रकृया थालेको प्रवक्ता पाठकले बताए।


  •  
  •  
  •