बैदेशिक रोजगार बिभागमा ठगी गर्ने तीन महिलासहित २९ जना पक्राउ,२३ जना विरुद्ध मुद्दा दायर(नामसहित)

प्रहरीकाे दाेश्राे स्टिङ अपरेशन
456
  •  
  •  
  •  

काठमाडौं, २८ चैत (अाेएनएस) : श्रम तथा बैदेशिक रोजगार बिभाग ताहाचलमा ठगी गर्ने तीन महिलासहित २९ जनालार्इ प्रहरीले पक्राउ गरेकाे छ।

विशेष सूचनाकाे अाधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट सादा पोशाक खटिएकाे प्रहरी टाेलीलार्इ बिचौलियाहरूले सेवाग्राही नै ठानी तानातान गरेर कामको बारेमा सोध्ने तथा बार्गेनिङ गरी दश गुणा भन्दा बढी रकम माग गरी रहेकाे अवस्थामा उनीहरुलार्इ प्रहरीले नियन्त्रणमा लिएकाे थियाे।

श्रम तथा बैदेशिक रोजगार बिभाग ताहाचलकाे कार्यालयमा सेवाग्राहीलार्इ विचाैलियाहरु सिधै सेवा लिन नसक्ने परिस्थिति सिर्जना गरी दु:ख दिने गरेकाे प्रहरीले बताएकाे छ।

सिधै कार्यालयमा जान बिचौलियाहरूले नै रोक्ने गरेकोले सर्वसाधारणलाई ठूलो अन्याय परेका सुचना प्रहरीलार्इ अाएपछि प्रहरीले स्टिङ अपरेशन गरी विचाैलियालार्इ पक्राउ गरेकाे हाे।

पक्राउ परेका मध्ये २३ जना माथि मुद्दा दायर गरिएकाे महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी माेहन थापाले बताए। डिएसपी थापाले भने,’दुर्इ जना महिला माथि पनि मुद्दा दयार गरिएकाे हाे’

मुद्दा दायर गरिएकाहरुकाे नाम


  •  
  •  
  •