काठमाडौं, पुस ७ (ओएनएस) : संविधानसभा हलको मूल ढोकामा लगाइएको ताला ४ घण्टापछि खुलेको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा कार्यरत कर्मचारीले सेवा सुविधा बृद्धिको माग गर्दै संविधानसभा भवनमा तालाबन्दी गरेका थिए ।
मागलाई संसाद सचिवालयले सम्बोधन गर्ने बताएपछि ताला खुलेको हो । केन्द्रमा रहेका ९० कर्मचारीहरुले संसद सचिवालयका कर्मचारीभन्दा आधा कम सुविधा पाएको भन्दै आन्दोलन गरेका हुन् । उनीहरुले काम संसद सचिवालयका कर्मचारी सरह गर्नु परेपनि सुविधामा विदेश भएको बताउँदै आएका थिए ।
सबै गेटमा तालाबन्दी गरेपछि सोमबारको बैठकको लागि पुगेका सभासदहरु बाहिरै रोकिएका थिए । संविधानसभाको बैठक दिउँसो १ बजे तोकिएको थियो । कर्मचारीहरुले विहान १० बजेदेखि तालाबन्दी गरेका थिए ।