चिकित्सक सन्दुक रुइटसहित ५ सय ९४ जनालाई विभूषण(नामावलीसहित)

111
  •  
  •  
  •  

काठमाडौं । संविधान दिवसको अवसरमा चिकित्सक डा.सन्दुक रुइटसहित ५ सय ९४ जनालाई विभूषण प्रदान गरिने भएको छ ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले  विभूषण प्रदान गरेकी हुन् । मानपदवीतर्फ सु–प्रसिद्ध प्रबल जनसेवा प्रथम डा.सन्दुक रुइतलाई दिइने भएको छ । न्यायाधीश दीपककुमार कार्की, अख्तियारका अवकाशप्राप्त प्रमुख आयुक्त नविन कुमार घिमिरे, प्रधान सेनापति पुर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई प्रसिद्ध प्रबल जनसेवा श्री (द्धितीय) प्रदान गरिने भएको छ ।

अख्तियारका आयुक्त डा.गणेशराज जोशी, बनस्पतिविज्ञ डा.तीर्थ बहादुर श्रेष्ठ, सचिव केदार बहादुर अधिकारी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, सशस्त्र प्रहरी बलका एआईजी पुष्पराम के.सी, शसस्त्रका अर्का उआईजी रामशरण पौडेल र नापीविज्ञ बुद्धि नारायण श्रेष्ठलाई सुकीर्तिमय राष्ट्रदीप (तृतीय) प्रदान गर्ने निर्णय गरिएको छ । सुप्रबल जनसेवा श्री (तृतीय) ८७ जनाले पाउने भएका छन् । कीर्तिमय राष्ट्रदीप ८ जना, प्रवल जनसेवा श्री २ सय ४२ जना, जनसेवा श्री १०४ जना र राष्ट्र यशोवद्र्धक २ जनाले पाउने निर्णय भएको छ ।

त्यस्तै, ‘नेपाल सेवा प्रविण’ समाजसेवी चन्द्र बहादुर पराजुलीलाई प्रदान गरिएको छ । समाजसेवा रत्न ११ जना, परम पौरख भाष्टकर १२ जना, नेपाल प्रताप सुभूषण २४ जना र अतिपौरख भाष्कर विभुषणबाट २० जना विभुषित हुने भएका छन् । नेपाल प्रताप आभुषणबाट १४ जना र महापौरख भाष्कर १२ जनालाई प्रदान गरिने भएको छ ।

 


  •  
  •  
  •