बिवेकशिल साझाबाट तीन जना सांसद

445
  •  
  •  
  •  

काठमाडौं,१३ पुस (ओएनएस): बिवेकशिल साझा पार्टीले समानुपातिक सांसदका लागि तीन जनाको नाम सिफारीस गरेको छ ।

निर्वाचन आयोगले तोकेको मापदण्ड अनुरुप रही समानुपातिकतर्फ प्रदेश नं ३ मा पार्टीको केन्द्रीय संयोजन समितिका सदस्य रमेश पौड्यालको नेतृत्वमा तीन जना सदस्य पठाउने निर्णय गरेको छ । उक्त निर्णय अनुसार रमेश पौड्याल, शोभा शाक्य र बिराज भक्त श्रेष्ठको नाम आजै निर्वाचन आयोगमा पठाईएको छ ।

विवेकशील साझा पार्टीले प्रदेश ३ को प्रदेशसभामा चौथो ठुलो पार्टीको रुपमा प्रतिनिधित्व गर्दैछ। प्रदेशमा पार्टीले समानुपातिक तर्फ १लाख २४ हजार ४ सय ४२ मत प्राप्त गरेको बिवेकशिल साझा पार्टीका प्रवक्ता सुर्यराज आचार्यले एक विज्ञप्ती मार्फत जनाएका छन् ।


  •  
  •  
  •