एक महिलालाई जिउँदै जलाएर मार्ने प्रयास

95
  •  
  •  
  •  

सिराहा, १३ वैशाख(ओएनएस) : सिराहामा एक महिलालाई जिउँदै जलाएर हत्या गर्ने प्रयास भएको छ । सिराहा नगरापालिका ८ की २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेलाई बिहीबार घरपरिवारले मट्टीतेल छर्केर जिउँदै आगो लगाएका हुन् ।


घरायसी विवादका कारण कञ्चनलाई श्रीमान, नन्द र सासु मिलेर आगो लगाएकोे जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

आगोले महिलाको शरीरको ८० प्रतिशत भाग जलेको छ । तत्कालै उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइए पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको सिराहाका प्रहरी उपरिक्षक जिवन श्रेष्ठले जानकारी दिए ।

कञ्चनकी सासुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । श्रीमान र नन्द भने फरार रहेका छन् ।
उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •