विमान दुर्घटना : ३९ जनाको मृत्यु भएको पुष्टि

433
  •  
  •  
  •  

काठमाडौं, २८ फागुन (ओएनएस) : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको बंगलादेशी विमानमा सवार ६७ यात्रु मध्ये ३९ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेकाे छ।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज न्यौपानेका अनुसार ३० जनाको घटनास्थलमै मृत्यु भएको हो। ९ जनाको उपचारका क्रममा निधन भएको र ३३ जनाको उपचार भइरहेको उनले जानकारी दिए।

महानगरीय प्रहरी कन्ट्रोल कक्षका अनुसार ८ जनाको शब केएमसी अस्पताल सिनामंगल र एकजनाको शव शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।

गृहको विपत्त महाशाखाका प्रमुख सहसचिव कृष्णबहादुर राउतका अनुसार विमानमा ३३ नेपाली र ३४ जना विदेशी नागरिक सवार थिए। यस्तै ४ जना चालक दलका सदस्य रहेका थिए।


  •  
  •  
  •