छोरा बिहे गर्दै बाबु प्रेममा पर्दै

204
  •  
  •  
  •  

bhuwan finalकाठमाडौं, १९ असार (ओएनएस) – दुई श्रीमतीसँगको सम्वन्ध टिकाउ नभएपछि अभिनेता भुवन केसी आजभोली जीया केसीसँगको मायामा रमाउन थालेका छन् । उनीहरुको प्रेमलाप ‘लिभिङ टुगेदर’ सम्म पुगेको चर्चा सञ्चारमाध्यममा छाउन थालेको छ ।

नयाँ प्रेमको चर्चा चलिरहेकै बेला केसी भने जेठी श्रीमती तर्फका छोरा बिबेक केसीको बैबाहिक समारोहमा भाग लिन अमेरीका पुगेका छन् । अमेरिकाको मेरिल्याण्ड निवासी बिबेकले बोष्टन निवासी नताशा केसीसँग यही जुलाई ४ मा विवाह गर्न लागेका हुन् । छोराको बैबाहिक कार्यक्रम सक्किए लगत्तै भुवनले अमेरीकाका केही स्थानमा आफ्नो नयाँ फिल्म प्रदशर्न गर्ने कार्यक्रम रहेको छ ।


  •  
  •  
  •