भुट्टोमाथि लण्डनमा बर्सियो गोलभेँडा र अण्डा

223
  •  
  •  
  •  

काठमाडौ, १० कात्तिक(एजेन्सी) : पाकिस्तान पीपुल्स पार्टीका प्रमुख बिलाबल भुट्टोलाई कश्मीरको विषयमा लण्डनमा आफ्नै देशका नागरिकहरूको विरोधको सामना गर्नुपरेको छ ।

लण्डनमा बस्दै आएका पाकिस्तानी नागरिकहरुले त्यहाँ आयोजित एक कार्यक्रममा भुट्टोलाई अण्डा तथा गोलभेँडा प्रहार गर्दै उनीविरूद्ध नाराबाजी समेत गरेका थिए । लण्डनमा बस्दै आएका पाकिस्तानी नागरिकहरूले कश्मीरमा भारतद्धारा भनिएको मानवअधिकार हननको मुद्धामाथि ‘मिलियन मार्च आयोजना गरिएको थियो । भुट्टो सोही कार्यक्रममा सहभागी हुन लण्डन पुगेका थिए ।

भूट्टोलाई मार्चमा उपस्थित सहभागीहरूले फर्केर जा भन्दै उनीविरूद्ध नारा लगाएका थिए । प्रदर्शनकारीहरूले कश्मीरको मुद्धा उठाएर आफ्नो सत्ता टिकाउने दाँउलाई सफल हुन नदिने बताएका थिए ।

bilawal bhuttoमार्च लण्डनमा ट्रेफल्गर स्क्वायरबाट डाउनिङ स्ट्रीटसम्म आयोजना गरिएको थियो । बिलावल जब यसमा सहभागी भएर प्रदर्शनकारीहरुलाई सम्बोधन गर्ने प्रयास गर्न थाले तब त्यहाँ प्रदर्शन सुरू भयो, गोलभेँडा तथा अन्डा फ्याकिन थाले र उनलाई बोल्न दिइएन । निकै प्रदर्शन र विरोधभएपछि उनले त्यहाँ बोल्न नसक्ने अवस्था रह्यो र उनी मञ्च छाडेर निस्किए । उक्त क्रममा बिलाबलका साथै पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफका विरूद्ध समेत नाराबाजी गरियो ।


  •  
  •  
  •