बालकृष्ण खाँणबारे न्यायाधीशहरूकै राय बाझियो

136
  •  
  •  
  •  

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई रिहा गर्ने विषयमा न्यायाधीशहरूबीच राय बाझिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डेले थुनामा पठाउने जिल्लाको आदेश उल्टाउनुपर्ने र ३० लाख रुपैयाँमा धरौटीमा छाड्नुपर्ने राय लेखेका थिए ।
तर अर्का न्यायाधीश प्रकाश खरेलले अहिलेले निर्दोष हुन् भन्न नसकिने भएकाले धरौटीमा छाड्ने रायमा सहमति जनाएनन् । राय बाझिएपछि अब अर्को इजलासमा यसको सुनुवाइ हुने भएको छ ।


  •  
  •  
  •