भुटानी शरणार्थीले पाँच बुँदे माग अघि सार्यो (विज्ञप्तिसहित)

437
  •  
  •  
  •  

sharma ji
काठमाडौं, १६ साउन (ओएनएस) : भुटानी शरणार्थी शिविर व्यवस्थापन समिति झापा–मोरङले सरकार समक्ष पाँच बुँदे माग अघि सारेको छ ।

राजधानीमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर स्वदेश फिर्ता हुन पाउनुपर्ने, तेस्रो मुलुकमा जान पाउनुपर्ने, स्थानीयकरण गरिनुपर्ने लगायतकामागहरु अघि सारेको छ ।

कार्यक्रममा बोल्दै माओबादी केन्द्रका सांसद अनमनलाल मोदीले शरणार्थीहरुको समस्या जतिसक्दो चाँडो समाधान गर्नको लागि सरकारलाई आग्रह गर्ने आश्वासन दिएका छन् ।

उनले मानवजाती सर्वोत्कृष्ट प्राणी भएको भन्दै मानिस भएर गरेर बाँच्न पाउनुपर्ने वातावरणको सृजना हुनुपर्नेमा जोड दिए । उनले भने, ‘मानवहुनुको नाताले पनिपारिवारिक सम्बन्ध र देश छोडेर अरुको देशमा शरणार्थी भएर बस्नुको पिडा कारुणीक छ, यो विषयलाई अन्तराष्ट्रिकरण गर्नुपर्छ, जहाँसम्म नेपाल सरकारले नागरिकता दिनुपर्छ भन्ने माग छ त्यो पुरा नहुनसक्छ, किनकी यस्ता रित बसालेको खण्डमा हाम्रो राष्ट्रियता कमजोर बन्छ।’

त्यस्तै एमाले सांसद महेन्द्रा लिम्बुले शिविरमा मानवताको खडेरी परेको बताएकी छिन् । उनले देशमा भएका शरणार्थीको स्थिति निक्कै नाजुक भएकाले सरकारले छिटोभन्दा छिटो समस्या समाधान गर्नतिर लाग्नुपर्ने बताए । उनले समस्या समाधान नभए यसले ठूलो रुप लिने बताइन् ।

त्यस्तै कार्यक्रममा शिविरका सल्लाहकार राजमान गुरुङले विगत २५ बर्ष देखि नेपालको पूर्वी भागमा बसोबास गर्दै आएका भूटानी शरणार्थीहरुको समस्या दिर्घकालिन रुपमा समाधान गर्न नेपाल सरकारसँग जोडदार माग गरे ।

प्रेश विज्ञप्ती…

विगत २५ बर्ष देखि नेपालको पूर्वी भागमाबसोबास गर्दै आएका भूटानी शरणार्थीहरुको समस्या दिर्घकालिन रुपमा समाधानगर्न नेपाल सरकार सहितजिम्मेवार निकायसगमागगर्दछौं ।लामो समय शरणार्थी समस्या समाधानकालागिपहलभएपनि ठोस कदम उठान गर्न नसक्दाअझै पनि १० हजार हाराहारीका नेपाली भाषीभूटानी शरणार्थीहरु थपकष्टकर जीवनविताउनबाध्य छन् ।

सन् २००७ देखि सुरु गरिएको तेस्रो देश पुनर्वासकार्यक्रमले १ लाख बढी शरणार्थीहरु अमेरिका, क्यानाडा, नर्वे, वेलायत, न्यजरल्याण्ड, नेदरल्याण्ड, अष्टे«लिया, डेनमार्क लगायतका देशहरुमा स्थानान्तरण भईसकेका छन् ।
तर हालआएर नेपालको पूर्वी भागझापा र मोरङ्गमा रहेको बेलडाँगी र पथरी शनिश्चरे शिविरमाथोरै संख्यामा रहेका भूटानी शरणार्थीहरुको राहत समेत दिनप्रतिदिन कटौतीहुँदै आएकोले गर्दा शरणार्थीहरुको जिवनथपकष्टकर बन्दै गएको छ ।

यतातेस्रो मुलकगएकाआधा परिवारसँग मेल हुनआशामाबसेका शरणार्थीहरुको समेत स्थान्तरण प्रकृयामा अनेकन झन्झट र मामिला (खासगरी, फौजदारी मुद्दा,अन्तर समुदायबीचको विवाह) लगायतले रोकिएको छ ।
केही शरणार्थीहरु आफ्नै देश फर्कने भनीपर्खिरहेका छन् । यसर्थ हामीशिविर व्यवस्थापन समिति र शिविर व्यवस्थापन समिति सल्लाहकार सहितको एक टोलीले मिति २०७४÷४÷९ गते काठमाण्डौ आई हाम्रामागहरुलाई मुख्य गरी उपप्रधानतथा पराराष्ट्र मन्त्रीमाननिय कृष्ण बहादुर मोहरा, गृहमन्त्रीजनार्दन शर्मा, मानवअधिकार छाता संगठन एलाईन्सकानिर्देशकमिनबहादुर शाही, नयाँशक्ति पार्टीकाअध्यक्षबाबुराम भट्टराई, काँग्रेशका बरिष्ठ नेता केशवकुमार बुढाथोकी,नेकपाएमालेका सचिवालय सचिवमाननियश्री प्रदिप ज्ञवाली, भुटानी शरणार्थी मामिलासम्बन्धी गृहमन्त्रालयनुक्रा, यू.एन.एच.सि.आर नेपाल राष्ट्र निर्देशकतथापूर्नवास भएका राष्ट्रहरुका राजदुतावासहरु लगायतलाई भूटानी शरणार्थी समस्याको दिगो समाधानकाआधारहरु सहितकोे ५ बुँदे माग ज्ञापन पत्रबुझाईएको व्यहोरा जानकारी गरिन्छ।

हामीले हाम्रो समस्यालाई अन्तराष्ट्रिय करण गर्ने तथा पूर्णरुपमा पुनःभूटानी शरणार्थी भनेर नेपालमा समस्या उठान नहोस् भन्ने ध्येय राखीनिम्नमागहरु अघि सारेका छौं ।

हाम्रामागहरु
१.स्वदेश फिर्ती समस्याःभूटानी शरणार्थी शिविरमालामो समय देखि बसोबास गर्दै आएकाआफ्नो देशमाफर्कन चाहाने शरणार्थीहरुकालागि १५ औं चरणसम्म भूटान सरकारसँग गरिएको छानविन र बार्तालाई पुनःअगाडि बढाई अन्तराष्ट्रिय स्तरबाट सुचारु गरी देश छोड्दा छाडिएका सम्पति र मानवअधिकारको पूर्ण ग्यारेन्टी सहित ससम्मान स्वदेश फिर्ता हुनपाउनु पर्ने ।

२. तेस्रो मुलु पनर्वासः आधा परिवार छाडिएका र जानचाहाने शरणार्थीहरुकालागियथासक्दो चाँडो पुनरवास गर्नुपर्ने ।

३. स्थानीयकरणःविविध कारणले तेस्रो मुलुक र स्वदेश फर्कन नचाहने र नपाउने अवस्थाका शरणार्थीलाई नेपालमा नेपालीनागरिक दिलाइउचितपारिवारिक व्यवास्थापन सहितको बसोबासको व्यवस्थामिलाउनु पर्ने ।

४. अन्तराष्ट्रियकरणःमाथिकामागहरु समेत पुरा हुननसक्दाको अवस्थामा भूटानी शरणार्थीहरुको मुद्धालाईअन्तराष्ट्रियकरण गरिनु पर्ने ।

५. परिचयपत्रःफोटो खिचेर पनि शरणार्थी परिचयपत्रनपाएकाकरिव १ हजार हाराहारीका शरणार्थीहरुको सम्बन्धीतनिकायले छानविन गरी परिचयपत्रदिलाउने मागपुरा शरणार्थी दर्तामा छुटेका भूटानीहरुको सहि पहिचानगरि नेपाल सरकार र ग्ल्ज्ऋच् ले परिचयपत्रउपलब्ध गराईनु पन ।

निम्नमागहरु उल्लेख गरिएको ज्ञापन पत्र सहित नेपालीभाषी भटानी शरणार्थी मुद्धालार्ई तत्कालयथासक्दो सीघ्र समाधानकालागि सम्बन्धीत सरोकारवालानिकायको ध्यानाकर्षणका लागि यो प्रेश विज्ञप्ती जारी गर्दछौं ।


  •  
  •  
  •