भुटानका प्रधानमन्त्रीले लिएनन् बढाइएको तलब

194
  •  
  •  
  •  

काठमाडौं, ७ असार : भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेले संसोधित तलब लिन इन्कार गरेका छन् । बरु उनले प्रत्येक महिना ५० हजार रुपैयाँ परोपकारी कामको लागि सहयोग दिने वाचा गरे ।

भुटानको संसदमा स्टेट अफ दी नेसन रिपोर्ट प्रस्तुत गर्दै उनले धेरैजसोले नागरिकले मन्त्रिपरिषद्का सदस्य र संसदहरुको तलब बढेकोमा असन्तुष्टि जनाएको बताए । ‘तलब बढुवाको म समर्थन गर्न सक्दिनँ, चाहे यो धेरै वा थोरै किन नहोस् ।’ उनले भने, ‘प्रधानमन्त्रीको तलब पनि निक्कै बढी छ ।’
आफ्नो देशले बढाइएको तलब उपलब्ध गराउन नसक्ने उनको भनाई थियो ।
भुटानको राष्ट्रिय पत्रिका क्यूनसेलले प्रधानमन्त्रीले सरकारले मोटो तलब स्वीकार्न नसकिने बताए ।
अर्थमन्त्री नोर्बु वाङचुकले बढेको तलब नलिने बरु परोपकारी काममा खर्च गर्ने प्रधानमन्त्रीको निर्णयको सराहना गरे । उनले प्रधानमन्त्रीको कदम अरुलाई शिक्षा हुन सक्ने बताए ।
सुचना तथा सञ्चारमन्त्री डीएन ढुङ्ग्यालले तलब बढाउन प्रधानमन्त्रीले सिफारिस गरेपनि आफूले तलब बृद्धिको स्केललाई स्वीकार नगर्नु उत्तम भएको बताए ।
ल्योन्पो नामगे दोर्जीले प्रधानमन्त्रीको आकांक्षा र प्रष्ट भएको भन्दै निर्णयको समर्थन गरे ।
ट्वीटरमा पनि यस विषयले चर्चा पाएको छ । भुटान क्यून–न्याम पार्टीको तर्फबाट गरिएको ट्वीटमा योजनाबद्ध रुपमा गरिएको १३१ प्रतिशत वृद्धीमा सहमत हुन नसकिने उल्लेख छ ।
भुटानका राष्ट्रिय परिषद्का सदस्यहरुले तलब बृद्धिको विरोध गरिरहेका छन् ।

एजेन्सी


  •  
  •  
  •