ओलीको विरुद्धमा फरक मतको दस्तावेज तयार

280
  •  
  •  
  •  

काठमाडौँ, २२ फागुन (ओएनएस) : नेकपा एमालेको स्थायी समिति बैठकमा झलनाथ खनालको उम्मेदवारी पारित नभएमा पार्टीमा फरक मत दर्ता गर्ने तयारी थालिएको छ । यतिखेर खनालको पक्षमा सबैभन्दा बढी घनश्याम भुसाल सक्रिय छन् ।

[यो पनि पढ्नुहोस् :राष्ट्रपतिमा कसको पल्लाभारी ?]

यदि खनाललाई उम्मेदवार बनाइएन भने पार्टीमा फरक मत दर्ता गर्न भन्दै भुसालले दस्तावेज समेत तयार गरिसकेका छन् । यही दस्तावेजका आधारमा आगामी दिनमा पार्टीभित्र फरक लाइनको संघर्ष अघि बढाइने स्रोतको भनाइ छ ।

भुसालले यसअघि पनि ओलीको कार्यशैलीको आलोचना गर्दै आएका हुन् । पार्टी एकता प्रक्रियाका सन्दर्भमा पनि भुसालले जनताको बहुदलीय जनवादको सान्दर्भिकता सकिएको टिप्पणी गरेपछि ओली पक्ष उनीमाथि खनिएको थियो । राष्टपतिको उम्मेदवार चयन प्रकरणले यो विवाद थप चर्किने संकेत देखिएको छ ।

राष्ट्रपतिको उम्मेदवारको छिनोफानो गर्न नेकपा एमाले स्थायी समितिको बैठक आज बस्दै छ ।


  •  
  •  
  •