‘हदवन्दीभन्दा बढी जग्गाको क्षतिपूर्ति दिने सहमति मान्दैनौं’

160
  •  
  •  
  •  

काठमाडौं, ३० असोज (ओएनएस) : राष्ट्रिय भूमिअधिकार मञ्चले हदवन्दीभन्दा बढि जग्गाको क्षतिपूर्ति दिने सहमति नमान्ने बताएको छ ।

संविधानसभाको संवैधानिक राजनीतिक तथा सम्वाद तथा सहमति समितिले हदबन्दीभन्दा बढि जग्गाको क्षतिपूर्ति दिने सहमति गरेको भन्ने खबरले भूमि अधिकारबाट वञ्चितहरूलाई अत्यन्त दुखित बनाएको मञ्चका अध्यक्ष सोमप्रसाद भण्डारीले निकालेको विज्ञप्तिमा उल्लेख छ । पञ्चायतकालमा पनि नभएको, अन्तरिम संविधानभन्दा पछि हटेर गरिएको यो सहमतिले गरिवहरूलाई अझै गरिव बनाउने, फेरी अर्को द्वन्द्व निम्ताउने मञ्चको भनाई छ ।

संविधानसभाले कमजोर वर्गको हितलाई प्राथमिकतामा राख्नुपर्नेमा सम्पत्ति भएकाको मात्र पक्ष लिईएको आरोप मञ्चले लगाएको छ । सुकुम्बासी, भूमिहीन, हलिया, हरूवाचरुवा, कृषिश्रमिक र सीमान्त किसानको भविश्यमाथी खेलवाड भएको भन्दै मच्ले सहमति मुलुकको हित विपरित रहेको आरोप लगाएको छ । अध्यक्ष भण्डारीले निकालेको विज्ञप्तिमा भनिएको छ,‘मूल मुद्दामा गरिब र मुलुककै हित विपरित भएको यो सम्झौतामा दलहरूले फेरी गरिबहरूलाई धोका दिएका छन् र आफ्नो सक्कली अनुहार देखाएका छन् ।


  •  
  •  
  •