बर्दियामा भूमिअधिकार मञ्चको खबरदारी भूमि सभा सम्पन्न

285
  •  
  •  
  •  

Bhumi sabhaबर्दिया, २९ बैशाख(ओएनएस) : जिल्ला भूमिअधिकार मञ्च बर्दियाले बर्दियाको गुलरियामा खबरदारी भूमि सभा कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्लाको भूमि सम्बन्धि रहेको समस्या, सवालहरुलाई सम्बोधन गरी समस्या र सवालहरुको ब्यवस्थापन र समाधानको लागि राज्यलाई दबाव सृजना गरी बाध्य बनाउने उद्देश्यले खबरदारी भूमि सभाको आयोजना गरिएको हो । गुलरियको आमबगियाबाट व्यानर, प्लेकार्ड, झण्डा सहितको शुरु भएको र्‍याली बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ७ बुँदे मागपत्र बुझाएपछि सम्पन्न भएको थियो ।

७ बुँदे मागपत्रमा वन अतिक्रमण नियन्त्रण रणनीति २०६८ को नाममा बस्ति उठिबास गराउने सरकारको अलोकतान्त्रिक र अन्यायपूर्ण कामलाई बन्द गर्नुपर्ने, सुकुम्बासी समस्या समाधानका लागि उच्चस्तरीय अधिकार सम्पन्न सुकुम्बासी आयोग गठन गर्नुपर्ने, २०७२ को संविधान कार्यन्वायन गर्नुपर्ने, मोही किसानलाई न्यायोचित जग्गा र पुर्जा उपलब्ध गराउनुपर्ने, दैवी प्रकोप, बाढी पीडित र वर्षौदेखी जोतभोग तथा बसोबास गर्दैआईरहेका भूमि अधिकारबाट बञ्चित वर्ग वा समुदायको यथाशिघ्र सुरक्षित आवासको ब्यबस्था गर्नुपर्ने लगायतका मागहरू रहेका छन् ।

जिल्ला प्रशासनमा माग पत्र बुझाएपछि आयोजित सभामा विभिन्न वक्ताहरूले भूमी अधिकारका सम्बन्धमा आ-आफ्नो भनाई राख्दै वन अधिकृत भैरव प्रसाद घिमिरेलाई कानुन अनुसार कारवाहीको माग समेत गरेका थिए । कार्यक्रममा ३५ सय देखी ४ हजार सम्मको भूमि अधिकारबाट बञ्चितहरुको सहभागीता रहेको थियो ।


  •  
  •  
  •