राष्ट्रिय भूमि अधिकार मञ्च नेपालकोे चौथो राष्ट्रिय सम्मेलन सम्पन्न

307
  •  
  •  
  •  

कञ्चनपुर, १० फागुन (ओएनएस)  : राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको चौथो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

भूमिहीन, आरक्षपीडित, सुकम्बासी, बाढीपीडित, मुक्त हलिया, किसान लगायतका क्षेत्रमा संघर्ष गर्दै आएको राष्ट्रिय भूमि अधिकार मञ्चले आज कञ्चनपुरको सिटी हलमा चौथो राष्ट्रिय सम्मेलन गरेको हो । सम्मेलनको उद्घाटन नेकपा एमालेका नेता माधवकुमार नेपाल गर्नुभएको छ ।

जिल्ला मालपोत कार्यालयबाट बिहान ११ बजे सुरु गरिएको साइकल, रिक्सा र झाँकीसहितको -याली नापी, वन तथा जिल्ला प्रशासन कार्यालय हुदै बजारको परिक्रम गरी सीटि हलमा पुगी सभामा परिणत भएको मञ्चका उपाध्यक्ष रामबहादुर चुनाराले जानकारी दिनुभयो ।

कार्यक्रममा एकिकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठ, भूमी सुधार मन्त्रालयका मुख्य सचिव ज्ञानचन्द्र आर्चाय तथा विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

सम्मेलनमा ५५ जिल्लाका २५ हजार भूमि अधिकारबाट बञ्चित किसानहरु आफ्नो परम्परागत भेषभुषा, सांस्कृतिक पहिचान सहित सहभागि भएका छन् ।


  •  
  •  
  •