‘वैज्ञानिक भूमिसुधारले भूमि समस्या हल हुन्छ’

272
  •  
  •  
  •  

 Bhumiheenकाठमाडौं, ४ मंसिर (ओएनएस) : आगामी संविधानमार्फत जारी हुने वैज्ञानिक भूमि सुधारले मुलुकको सबै भूमि समस्या समाधान हुने एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताए ।

पशुपति वनकाली धर्मशाला बसी ५ दिनदेखि आन्दोलन गर्दै आएका ५४ जिल्लाका भूमिहीन किसानसँग विहीबार भेटर अध्यक्ष प्रचण्डले भूमिहीन किसानको सम्पूर्ण समस्या सम्बोधन हुने गरी आगामी संविधानमार्फत भूमि सुधार गर्न माओवादीले पहल गर्ने बताएका हुन् ।

प्रचण्डले भने ‘एमाओवादी भूमिहीन, मजदूर र किसानको पार्टी हो, यसकारण कुनै पनि अवस्थामा हामी भूमि सुधारको मुद्दा छाड्दैनौं । उनले भने, वैज्ञानिक भूमि सुधार लागु भए भूमिहीनको समस्या तुरुन्तै समाधान
हुन्छ । यसको लागि हामी भूमिहीन र मजदूर वर्गको तर्फबाट सदन, संविधान सभा र राजनीतिक तहमा पनि समझदारीको प्रयास गर्नेछौं ।’

यसैबीच, राष्ट्रिय भूमि अधिकार मञ्चको नेतृत्वमा कात्तिक ३० देखि जारी राष्ट्रिय आन्दोलन विहीवार अपरान्न सकिएको छ । पशुपति वनकाली धर्मशालाबाट गौशला–मैतीदेवी–बागबजारहुँदै भद्रकालीसम्म भूमिहीन किसानको ¥याली जुलुससहित पुगरे कोण सभा गरी जारी आन्दोलन स्थगन गरिएको छ ।

यद्यपि संविधानमा भूमि अधिकार आन्दोलन भने नयाँ संविधान जारी नभएसम्म निरन्तर जारी रहने राष्ट्रिय भूमि अधिकार मञ्चका अध्यक्ष सोमप्रसाद भण्डारीले बताए ।
भद्रकालीमा भएको कोण सभामा ५ सयभन्दा बढी भूमिहीन किसानहरू सहभागी थिए ।

कोण सभालाई सम्बोधन गर्दै एमाले नेता तथा संविधान सभा अर्थ समितिका सभापति प्रकाश ज्वाला, एमाओवादी सचेतक रेखा शर्मा, सभासद् एवम् नागरिक अगुवा श्याम श्रेष्ठ, एमाले नेतृ उशाकला राई, राष्ट्रिय भूमि अधिकार सरोकार समूहका अध्यक्ष सरेश नेपाललगायतले भूमि अधिकार मञ्चको आन्दोलन प्रति ऐक्यवद्दता जनाउँदै नयाँ संविधानमार्फत भूमि सुधार लागु गर्न माग गरे ।


  •  
  •  
  •