काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

462
  •  
  •  
  •  

काठमाडौं, ११ वैशाख(ओएनएस) : काठमाडौं उपत्यकामा बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । बिहान साढे ६ बजे भूकम्पको धक्का महसुस भएको हो ।

कम्पको धक्का काठमाडौं उपत्यकासहित नुवाकोट, धादिङलगायतका क्षेत्रमा पनि महसुस गरिएको छ ।

भूकम्पमापन केन्द्रले भने भूकम्पको धक्का महसुस भएको जनाए पनि यसको मापन र केन्द्रबिन्दुबारे भने केही पनि बताएको छैन ।

२०७२ साल वैशाख १२ गते गोरखाको वारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको ४ वर्ष पूरा हुन लाग्दा समेत पराकम्प जाने क्रम रोकिएको छैन ।


  •  
  •  
  •