मकवानपुर भएर भूकम्पको पराकम्प

340
  •  
  •  
  •  

काठमाडौं, ४ चैत(ओएनएस) : मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर आज बिहान ४ दशमलव १ म्याग्निच्युडको परकम्प गएको छ ।

बिहान ९ बजेर १ मिनेट जाँदा परकम्प गएको र त्यसको धक्का काठमाडौंमा पनि महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो नयाँ भूकम्प नभई गोर्खा भूकम्पककै परकम्प भएको समेत केन्द्रले जनाएको छ ।

२०७२ वैशाख १२ र २९ गतेको भूकम्पको ४ वर्ष बित्नै लाग्दा पनि परकम्प जाने क्रम अझै रोकिएको छैन ।


  •  
  •  
  •