चिसोको मारमा भूकम्प पीडित: हालसम्म २ शिशुसहित २४ को मृत्यु

129
  •  
  •  
  •  

काठमाडौं । भूकम्पयता जाजरकोटमा मात्रै हालसम्म २४ जना भूकम्प पीडितको मृत्यु भइसकेको छ। प्रहरीको तथ्याङ्क अनुसार कात्तिक १९ देखि हालसम्म २४ जनाको चिसोकै कारण ज्यान गुमाएका छन्। कात्तिक १९ मा जाजरकोटमा चिसोका कारण पहिलो मृत्यु भएको थियो।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जाजरकोटको कुशे गाउँपालिकाका ७ जना, भेरी नगरपालिकामा २, बारेकोट गाउँपालिकामा २, नलगाड नगरपालिकामा ३, छेडागाड नगरपालिकामा ५ र जुनिचाँदे गाउँपालिकामा ४ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार जुनिचाँदे गाउँपालिका–५ सिलिन्गेमा मृत्यु भएका एक वर्षीय बालक निरजको निमोनिया र ज्वरोका कारण मृत्यु भएको हो। यस्तै भेरी नगरपालिका–२ पुरानो रिसाङकी एक महिनाको शिशु निरुता पुनको पनि नियोमियाको कारण मृत्यु भएको थियो। निमोनिया भएपछि उनलाई जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी भिमप्रसाद ढकालका अनुसार मृतकमध्ये अधिकांश दमका बिरामीहरू हुन्। मृतकमध्ये दुई जनालाई हृदयघात भएको थियो भने अधिकांश दम रोगका बिरामीहरू थिए। चिसोमा दीर्घरोगीहरू ठूलो समस्यामा छन्।
भूकम्पयता जाजरकोटमा मृत्यु भएकाहरूको विवरण

१. गल्पु शाही (५१) कुशे–६

२. पदमबहादुर शाही (५९) कुशे–७

३. मनबहादुर शाही (५५) कुशे–६

४. डुमे पुन (७०) कुशे–१

५. लालबहादुर शाही (५४) कुशे–७

६. मैना सिंह (८०) कुशे–२

७. रामसिलन गिरी (५२) कुशे–९

८. धुलेश्वर कार्की (८८) भेरी–२

९. निरुता पुन (१ महिना) भेरी–२

१०. चल्ली दमाई (८०) बारेकोट–७

११. गोरी कामी (७३) बारेकोट–१

१२. नरेन्द्र सिंह (७१) बारेकोट–४

१३. सर्मिला विक (२५) नलगाड–८

१४. गोपालबहादुर रावल (८४) नलगाड–४

१५. पम्फा रावल (४९) नलगाड–४

१६. सिडुगे शाही (७०) जुनिचाँदे–९

१७. बिर्खे दमाई (६४) जुनिचाँदे–१

१८. सुगिली नेपाली (८९) जुनीचाँदे–४

१९. निरज शाही (१) जुनिचाँदे–५

२० मनसरी कामी (५६) छेडागाड–१३

२१. मनी रावत (६२) छेडागाड–२

२२. सेतु बुढा (६१) छेडागाड–२

२३. हरिबहादुर रावत (५७) छेडागाड–१

२४. लिले बुढा (६५) छेडागाड–१


  •  
  •  
  •