लमजुङमा ३.४ रेक्टर स्केलको भूकम्पकाे धक्का

56
  •  
  •  
  •  

लमजुङ, २९ पुस (ओएनएस) : लमजुङमा आइतबार भूकम्पको महशुस गरिएको छ । दिउँसो ४ बजेर १ मिनेट जाँदा भूकम्पको धक्का महशुस गरिएको हो ।

सदरमुकाम बेसीशहर देखि ४ किलोमिटर उत्तरपश्चिममा रहेको मस्र्याङ्दी गाउँपालिका वडा नं. ९, सिम्पानी केन्द्र विन्दु बनाई ३.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प सानो र छोटो समय गएको भए पनि यसको कडा झड्का महशुस गराएको थियो । सानो र छोटो समयमा गएको भुकम्पले कुनै क्षति भने भएको छैन । यसअघि गत शुक्रबार लमजुङको उत्तरपश्चिम क्षत्रमा केन्द्रविन्दु बनाई ३ रेक्टर स्केलको भूकम्प गएको थियो ।


  •  
  •  
  •