भूकम्पको चौथो स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली सभा गरिँदै

199
  •  
  •  
  •  

काठमाडौं, १२ वैशाख(ओएनएस) : भूकम्पको चौथो स्मृति दिवसका अवसरमा आज श्रद्धाञ्जली सभा गरिँदैछ ।

काठमाडौंको बसन्तपुरमा ११ बजेर ५६ मिनेटमा भूकम्पमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली सभा आयोजना गर्न लागिएको हो ।

श्रद्धाञ्जलीसभामा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदैछन् । त्यसअघि, प्रधानमन्त्री ओलीले त्रिपुरेश्वरमा रहेको त्रिपुरासुन्दरी मन्दिर काष्ठमण्डपको पुनर्निर्माणको निरीक्षण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।


  •  
  •  
  •