भारतकाे अरुणाञ्चलमा शक्तिशाली भूकम्पको धक्का

384
  •  
  •  
  •  

भारत : भारतको उत्तर पूर्वी राज्य अरुणाञ्चल र असममा बुधबार बिहान शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ ।

 

अरुणाञ्चल राज्यको राजधानी इटानगरबाट १ सय ८० किलोमिटर दक्षिण पश्चिम केन्द्रविन्दु भएर बिहान दुई बजे ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का अरुणाञ्चल, असम तथा सीमावर्ती चीनका क्षेत्र, तिब्बत तथा म्यानमारमा पनि महसुस भएको थियो । भुकम्पले पुगेको क्षतिको विवरण आइसकेको छैन ।


  •  
  •  
  •